२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बेनी नगरपालिकामा एमालेको अग्रता

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिकाको प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ १९२६ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका हरीकुमार श्रेष्ठले १७२६ मतसहित पछ्याएका छन् ।

उपप्रमुखमा राप्रपाकी सन्जु बरुवालले १४०७ मतले अग्रता लिएकी छन् । उनलाई माओवादी केन्द्रकी ज्याति लामिछानेले ९८२ मतसहित पछ्याएकी छन ।

बेनी नगरपालिकाको मतगणना गरिएका तीन वडामध्ये १ र २ मा एमालेको प्यानल विजयी भएको छ । ३ नम्बर वडामा स्वतन्त्र विजयी भएका छन । पूर्वमाओवादीहरु बैद्य र विप्लव विभाजनपछि स्वतन्त्र समूहमा प्यानल निर्वाचनमा भाग लिएका हुन् ।

त्यसैगरी जिल्लाका ५ गाउँपालिकाको घोषित मत परिणाम अनुसार एमालेले ३ र कांग्रेसले २ स्थानमा अग्रता लिएका छन् ।


घोषित मतपरिणाम अनुसार गाउँपालिकामा एमालेले ८, कांग्रेसले ४, माओवादी केन्द्रले २ र स्वतन्त्र समूहले एक वडामा विजय हासिल गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?