कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हतियारधारी समूहद्वारा लुटपाट

गोली लागी एक घाईते

भरतपुर — हतियारधारी समूहले शुक्रबार बिहान करिब १ बजे भरतपुर २५ शुक्रनगरस्थित साहुनी महतोको घरमा लुटपाट गरेका छन् ।

लुटपाटको क्रममा प्रतिकार हुँदा हतियारधारीले चलाएको गोली लागी ३ जना घाईते भएका छन् । एकको अवस्था गम्भीर छ । 

मुखमा माक्स लगाई हतियार सहित आएका ३ जना अपरिचित समूह महतोको घरमा प्रवेश गरी लुटपाट गर्न थालेपछि घरका मानिसहरुले प्रतिकार गरेका थिए । त्यस क्रममा हतियाधारीले घरेलु हतियारले प्रहार गर्दा घरका सदस्यहरु रामकुमारी महत्तो र  साहुनी महत्तो घाईते भएको जिल्ला प्रहरीका डिएसपि दिपक थापाले बताए । लुटपाटको क्रममा पेस्तोलको गोली लागी ३२ वर्षीय गंगासागर महत्तो गम्भीर घाइते भएका छन् । 

उनको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घटनाको सूचना पाए लगत्तै प्रहरी टोली पुगेको थियो । लुटेरा समूहले महतोको घरबाट ८/९ तोला बराबरको सुनको गरगहना, नगद २ लाख ४ थान मोबाइल लुटी लगेको प्रहरीले जनायो ।  घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली खटेका छन् । 

प्रहरीले घट्नामा संलग्न रहेको आशंकामा  ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरेको छ । गोली लागी घाईते महतोको उपचारमा संलग्न चिकित्सक डा.अजित श्रेष्ठका अनुसार टाउकोको बाँया कन्चटमा गोली लागि दाहिने कान पछाडि अड्किएको अवस्थामा छ । चिकित्सकले शल्यक्रिया गरी गोली निकालेका थिए ।  घटनामा संलग्न समूहको हालसम्म पहिचान हुन सकेको छैन । 

 


 

प्रकाशित : जेष्ठ ५, २०७४ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?