१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यार्सागुम्बु संकलन घट्यो

जेठ १५ सम्ममा व्यापारिले २.५ किलो संकलनको पुर्जी लिएका

म्याग्दी — जिल्लाका हिमाली क्षेत्रमा संकलन हुने यार्सागुम्बुको परिमाण यस वर्ष घटेको छ । जिल्ला वन कार्यालयका अनुसार व्यापारीले यस वर्षको जेठ १५ सम्ममा २.५ किलोग्राम मात्रै संकलनको पुर्जी लिएका छन् ।

कार्यालयले जिल्लामा २६ किलोग्राम यार्सागुम्बु उत्पादन क्षमता भए पनि संकलन घट्दै गएको जनाएको छ । ‘गत वर्षदेखि म्याग्दीको यार्सागुम्बु संकलन स्वाट्टै घटेको छ,’ सहायक वन अधिकृत राजकुमार ठाकुरले भने, ‘हिमाली क्षेत्रमा उत्पादन नै घटेको हुन सक्छ वा व्यापार सुस्ताएकाले पनि यस्तो भएको हुन सक्छ । अध्ययन गरिरहेका छौं ।’ यसले राजस्व संकलनसमेत प्रभावित भएको उनले बताए । वन कार्यालयको अभिलेखअनुसार आव ०७०/७१ मा २३ केजी र ०७१/७२ मा १८ केजी ६ सय ग्राम यार्सागुम्बु संकलन भई जिल्लाबाट बाहिर पठाइएको थियो । दुई वर्षदेखि एक्कासि घटेर २ केजीमा झरेको हो । यार्चागुम्बु जिल्ला बाहिर पठाउँदा प्रतिकेजी २५ हजार राजस्व संकलन हुने गरेको छ ।

जिल्लाको गुर्जा, मुदी, कुइनेमंगले र चिमखोलालगायत गाविसका धौलागिरि, गुर्जा र चुरेन हिमालको फेदीमा यार्सागुम्बु पाइन्छ । गत वर्ष जेठसम्मै हिउँ परेपछि प्रतिकूल वातावरणमा लार्भा फैलन नपाएकाले उत्पादन नभएको अनुमान गरिएको थियो । तर, यो वर्ष अनुकूल वातावरण रहे पनि संकलन घटेको छ । यार्चा संकलन हुन छाडेपछि आम्दानी घटेकामा स्थानीय पनि निराश छन् । तीन वर्षअघिसम्म गाउँभरिको यार्सा संकलन गरी टेन्डर आह्वान गरी हेलिकप्टरबाट यार्चा ढुवानी गर्ने यहाँका कृषक यस वर्ष निकै घटेको सुनाउँछन् ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?