कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यरातमा आगलागी

धादिङ — धादिङ सदरमुकामको पुछार बजारस्थित कस्मेटिक पसलमा आगलागी हुँदा उक्त घर पूर्ण रुपले क्षति भएको छ ।

मध्यरातमा आगलागी

शिवकुमार श्रेष्ठको उक्त पसलमा राति १ बजे आगलागी भएको थियो । आगलागी पश्चात् निलकण्ठ नगरपालिकाको दमकल, नेपाली सेना लगायत सबै निकाय र स्थानीयबासीहरुले २ घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त आगलागीले करिब ५० लाख नोक्सान भएको छ । 

प्रकाशित : जेष्ठ २९, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?