३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

भरत जर्घामगर

सिरहा — मोटरसाइकल दुर्घटनामा बिहीबारराति सिरहाको लहानमा एक युवकको मृत्यु भएको छ । दुई जना घाइते छन् । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान १२ स्थित सडक खण्डमा बिग्रिएर रोकिराखेको स १ त १९५९ नम्बरको ट्रयाक्टरमा बा ३६ प ४८९५ नम्बरको मोटरसाइकल ठोक्किँदा सोही ठाउँका २२ वर्षीय सञ्जीव साहको मृत्यु भएको हो । उनको लहानस्थित फ्रेन्डस् मोडल अस्पतालमा उपचारका क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको प्रहरीले जनायो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार घाइते देवकुमार ठाकुर र बालकृष्ण चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?