कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अतिक्रमित संरचना हटाइयो

भक्तपुर — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–जगाती–चक्कुखोला सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको छ । सूर्यविनायकदेखि चक्कुखोला सम्मको करिब डेढ किलोमिटर सडकको दायाँबायाँ जग्गा मिचेर बनाइएका संरचना मंगलबारदेखि हटाउन थालिएको सूर्यविनायक नगरपालिका ८ का अध्यक्ष किरण थापाले बताए ।

संरचना हटाउन पटक/पटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले मंगलबारबाट डोजर लगाई भत्काउन सुरु गरिएको जनाइएको छ । उक्त सडक वर्षौंदेखि अतिक्रमण गरी टहरा निर्माण गर्ने, हार्डवेयर सामग्री राखेर व्यापार गर्ने, पसल, वर्कसप, नर्सरी, कारखाना बनाई व्यापार गर्ने गरेका थिए । वडा अध्यक्ष थापाको नेतृत्वमा डिभिजन सडक कार्यालय भक्तपुर तथा महानगरीय प्रहरी वृत्त जगातीको संयुक्त टोलीले अतिक्रमण भएका संरचनाको सीमांकन गरी हटाउन थालेको हो ।

प्रकाशित : असार १५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?