कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नौ किमि चट्टान काटेर गाउँमा खानेपानी

रुकुम — वर्षौंदेखि खोलाको पानी खान बाध्य आठबिसकोट नगरपालिका ३ स्यालाखदीका (साविकको स्यालाखदी गाविस ३, ४ र ५) बासिन्दा गाउँमा खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् । खानेपानी आयोजनाको निर्माण थालिएको पाँच वर्षपछि गाउँका सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासी खुसी भएका छन् ।

नौ किमि चट्टान काटेर गाउँमा खानेपानी

एक वर्षसम्म गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा यहाँका बासिन्दा गाग्री डोकामा बोकेर गाउँभन्दा एकघण्टा दूरीको खोलाको पानी ल्याएर गुजारा चलाउने गरेकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आव २०६८/६९ देखि स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत खानेपानी ल्याउने काम प्रारम्भ भएको थियो । गाउँ नजिकै मुहान नभएपछि खानेपानीका लागि गाउँभन्दा करिब नौ किमी टाढाको गाउँबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाका लागि रु एक करोड १६ लाख ४७ हजार खर्च भएको कार्यालय प्रमुख विकेश बधानथाचेले जानकारी दिए ।  

चौबीस किमि पाइपलाइन विस्तार गरिएको खानेपानी आयोजनाबाट गाउँका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिए ।  

चट्टानमात्र भएकाले अधिकांश ठाउँमा फलामको जिआई पाइपको प्रयोग गरिएको छ । धेरै वर्षदेखि गाउँमा पानी ल्याइदिनका लागि विभिन्न निकायमा हारगुहार गर्दा पनि भिरालो र निकै अप्ठेरो जमिन भएका कारण निर्माण कार्यमा कसैले पनि चासो नदिएको उनको भनाइ छ । यसअघि सो आयोजनामा तत्कालीन जिल्ला विकास समितिलगायत अन्य निकायले काम सुरु गरेर र छोडिदिएको अध्यक्ष योगीले बताए । रासस 

प्रकाशित : असार २९, २०७४ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?