कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तमुलाई कर्मकर्ण पुरस्कार

कास्की — आदिवासी जनजाति पत्रकार महासंघ कास्कीले हुम तमु यस वर्षको कर्मकर्ण पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पोखराको नयाँबजारस्थित तमु धींको सभा भवनमा बिहीबार आयोजित कार्यक्रममा उनलाई फेटा लगाई १५ हजार नगद राशिसहितको पुरस्कार हस्तान्तरण गरियो ।

कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसी र तमु धींकी अध्यक्ष कर्मा तमुले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कारबाट यसअघि शान्ति गुरुङ, हर्क आले र मानबहादुर घर्तीलगायतका सञ्चारकर्मी सम्मानित भइसकेका छन् । 

खाद्यान्न सहयोग 
चितवन (कास)– रत्ननगर ११ मंगलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रलाई लायन्स क्लब अफ चितवन सौराहाले खाद्यान्न सहयोग गरेको छ । क्लबले १५ बोरा चामल र दुई बोरा दाल सहयोग गरेको हो । लायन्स क्लबका सिरिलाल परियार, अञ्जनकुमार पाण्डे, योगेश अधिकारी र विकल दाहाल केन्द्रमै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् । त्यस्तै क्रिकेट खेलाडी आकास थापाले आफ्नो जन्मदिनको अवसरमा केन्द्रलाई २५ बोरा चामल, तेललगायत सहयोग गरेका छन् । 

प्रकाशित : असार ३०, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?