नक्कली ‘डीआईजी’ पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — नक्कली डीआईजी बनेर जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएको मुद्धाका विषयमा प्रहरी प्रमुखलाई आदेश दिने एकजना पूर्व प्रहरी पक्राउ परेका छन् ।

नक्कली ‘डीआईजी’ पक्राउ

आफूलाई नेपाल प्रहरीका डीआइजी सुदिप आचार्य भन्दै रामेछापको खाँडादेवी गाउँपालिका २ का ५२ वर्षीय मानबहादुर केसीले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेललाई फोनबाट सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेकालाई छोडिदिन आदेश गरेका थिए ।

रामेछापको उमाकुण्ड गाउपालिका २ वस्ने दासोना भन्ने दावा सोनाम शेर्पालाई असार ४ गते प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा दायर गरेको थियो । उक्त मुद्धामा अनुसन्धान भइरहेको बेला असार १७ र १८ गते केसीले उनलाइ छोडिदिन जिल्ला प्रहरी प्रमुखलाइ फोन गरेका थिए ।

फोनमा उनले ढुंगेललाई ‘भाइ’ भनेर सम्बोधन गरेका थिए । पछि शंका लागेर डीआईजी आचार्यलाई फोन गर्दा आफूले त्यस्तो निर्देशन नदिएको बताएपछि केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : श्रावण १, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?