२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बस एकआपसमा ठोक्किँदा १५ यात्रु घाइते

प्रताप विष्ट

हेटौंडा — पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-४ स्थित कर्रामा गएराति दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । पोखराबाट उदयपुरतर्फ गइरहेको ना ५ ख ५७६२ नम्बरको बस र बीरगन्जवाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बस एकआपसमा राति ११ बजे ठोक्किँदा दुवै बसका यात्रुहरु घाइते भएका थिए ।

बीरगन्जतर्फवाट आउने बसले इँटा बोकेको ट्रकलाई ओभरटेक गर्ने क्रममा कर्राको मोडमा विपरित दिसाबाट आएको बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?