स्मार्ट सिटी बनाउन केयूले सघाउने

काभ्रे — काभ्रेका ६ नगरपालिका र अन्य महानगर, उपमहानगरलाई स्मार्ट सिटी बनाउन काठमाडौं विश्वविद्यालयले सघाउने भएको छ ।

विश्वविद्यालयले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका महानगर तथा नगरपालिकालाई स्मार्ट सिटी बनाउन कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागले ‘स्मार्ट सिटी अनुसन्धान इकाई’ नै खडा गरेको हो । कोरियाको इन्चन नेसनल युनिभर्सिटीसँगको सहकार्यमा इकाईले काम गर्नेछ । 

‘स्मार्ट सिटीको अवधारणा बुझाउनेदेखि योजना निर्माण र कार्यान्वयनको चरणमा सघाउँछौं,’ विभागका प्रमुख मनीष पोखरेलले भने, ‘नगरपालिकाका आवश्यकताबारे अध्ययन अनुसन्धानसमेत गर्छौं ।’ पोखरेलका अनुसार पहिलो चरणमा पानी, खानेपानी र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरिनेछ । ‘सबै हिसाबले स्मार्ट, प्रविधिमैत्री र व्यवस्थित भएपछि मात्रै स्मार्ट सिटी बन्छ,’ पोखरेलले भने, ‘स्मार्ट सिटीका सबै आधारमा काम गर्छौं ।’ विश्वविद्यालयले स्मार्ट सिटी बनाउने काममा आफ्ना प्राध्यापक र विद्यार्थीलाई परिचालन गर्ने जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?