२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

खोलामा खसेर एकको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — त्रिबेणी नलगाड नगरपालिका ३ का ४० बर्षीय बलबहादुर परियारको खहरे खोलामा बगेर मृत्यु भएको छ । परियार काठको अस्थायी लाप्को भाँचिंदा साङ्टा खोलामा खसेका थिए ।

खोलामा खसेर एकको मृत्यु

परियार श्रीमती बेलमतिको उपचारका कट्केस्थित घरबाट कैना स्वाथ्य चौकीतर्फ जाने क्रममा साङ्टा खोलाको काठको लाप्को भाँचिंएर खोलामा खस्दा उनको ज्यान गएको वडा अध्यक्ष प्रचण्ड वलीले बताए ।

श्रीमतीलाई खोला पारि राखेर परियारले शुरुमा खोला तर्दै गर्दा लाप्को भाँचिएको हो । लाप्कोद्वारा खोला पार गर्ने क्रममा घटना भएको उनले बताए । खोलामा खसेका परियारको शव २ किलोमीटर टाढा फेला परेको अध्यक्ष वलीले बताए ।

प्रकाशित : श्रावण २, २०७४ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?