वाग्मती संरक्षणबारे नयाँ ऐन बनाइँदै

सहरी विकास मन्त्री प्रभु साहले वाग्मती र यसका सहायक नदीको संरक्षण तथा विकासका लागि नयाँ ऐन बनाइने बताएका छन्।

सहरी विकास मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले ऐन निर्माणका लागि ५ सदस्यीय समिति गठन गरिएको समेत जनाए। उनका अनुसार अधिकार सम्पन्न एकीकृत विकास समितिका सदस्यसचिव ज्योति श्रेष्ठको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन गरिएको छ।

समितिका अन्य सदस्यमा सहरी विकास मन्त्रालयका उपसचिव वीरेन्द्र थपलिया, वाग्मती सरसफाइ अभियानका अभियन्ता राजु अधिकारीलगायत छन्। 

प्रकाशित : श्रावण १२, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?