रसुवाका पहिरोपीडितलाई चीनले दियो खाद्य सामग्री

कृष्ण थापा

नुवाकोट — रसुवाका पहिरोपीडितलाई चीनले खाद्यान्न सामग्री उपलब्ध गराएको छ । मंगलबार चीनको जिलोङ काउन्टीका केरुङ्ग फ्रन्टियर इन्स्पेक्सन स्टेसनका चिनियाँ अधिकारीहरुले जिल्ला दैवीप्रकोप उद्धार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

रसुवाका पहिरोपीडितलाई चीनले दियो खाद्य सामग्री

रसुवाका पहिरोपीडितलाई चीनले खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

मंगलबार चीनको जिलोङ काउन्टीका केरुङ्ग फ्रन्टियर इन्स्पेक्सन स्टेसनका चिनियाँ अधिकारीहरुले जिल्ला दैवीप्रकोप उद्धार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

आइतबार अविरल वर्षाका कारणा रसुवाको उत्तरगया गाउँपालिका ४ स्थित पैरेबेंसीमा ४ को मृत्यु र दर्जनौं विस्थापित भएका थिए । चीनले पीडित परिवारलाई समवेदना स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएको प्रजिअ न्यौपानेले बताए ।

चीनले चामल, चिनी, तेल, ड्राईमिटलगायत खाद्य सामग्री दिएको छ । प्रजिअ न्यौपानेले पैरेबेंसीका पीडित लगायतलाई खाद्यान्न उपलव्ध गराइने बताए ।

प्रकाशित : श्रावण २५, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?