१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोर्खाल्याण्ड आन्दोलनको इलाममा असर

विप्लव भट्टराई

इलाम — गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको दार्जिलिङमा चलेको आन्दोलनको प्रत्यक्ष मार इलाममा परेको छ । आन्दोलनका कारण सीमावर्ती बजार ठप्प छन् । पशुपतिनगर, मानेभञ्ज्याङ, जौवारी, तुम्लिङ, कालपोखरीलगायतका बजारमा सीमापारीबाट कुनै सामाग्री आउन सकेको छैन ।

गोर्खाल्याण्ड आन्दोलनको इलाममा असर

नेपालतर्फबाट सडकको सहज पहुँच नभएकाले स्थानीयले महँगो खर्च गरेर खाद्यान्न सामाग्री जोहो गरि निर्भाव चलाउँदै आएको जौवारीका पासाङ शेर्पाले बताए । सीमावर्ती क्षेत्रमा उत्पादित सागसब्जी, घीऊछुर्पीलगायतका सामाग्रीले वजार पाउन नसक्दा नश्ट हुन थालेका छन् ।

पशुपतिनगरलगायत चारवटा छोटी भन्सार कार्यालयको राजश्व संकलनमा प्रतिकुल असर पुगेको छ । त्यस्तै यस क्षेत्रवाट भारतीय विद्यालयमा पढन जाने विद्यार्थीको पठनपाठन पनि हुन सकेको छैन । ५६ दिन देखि गोर्खाल्याणको माग गर्दै दार्जिलिङमा आम हड्ताल जारी छ । आन्ददोलनले यहााको पर्यटन व्यवसायमा पनि नकारात्मक असर पुऱ्याएको छ ।

आमाको उपचारका लागि भारतको सिलगुडी पुगेका सुर्योदय नगरपालिका १० का उदयहाङ फागो अस्पताल परिसरबाटै पक्राउ परेपछि स्थानीयमा विशेष कामले पनि सीमापारी जान त्रास बढेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट पारिवारिक, व्यपारलगायत विभिन्न कामका लागि आउजाउ गर्ने क्रम पुरानै हो ।

आन्दोलनमा सघाएको भन्दै उनलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । निर्दोष रहेको भन्दै परिवार, राजनीतिक दल, सामाजिक संघसंस्था लगायतले तत्काल रिहाइको पहल गर्न आग्रह गरेका छन् । आमाको उपचारको लागि सोमबार पश्चिम बंगालको सिलगुडी पुगेका फागो अस्पतालको परिसरबाटै पक्राउ परेका थिए ।

प्रकाशित : श्रावण २७, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?