२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विद्यार्थी मृत फेला

चित्रांग थापा

महेन्द्रनगर — कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस हाताभित्र रहेको छात्रवासमा शनिबार बिहान एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा २४ वर्षीय विद्यार्थी डम्बरहादुर जाग्री फेला परेका हुन् । उनी विज्ञान क्याम्पसमै बीएस्सी चौथो वर्षमा अध्ययनरत थिए । प्रहरीका अनुसार जाग्रीले केही समययता होस्टेलको क्यान्टिन समेत सञ्चालन गरिरहेका थिए ।

घटनापछि प्रहरीले उनीसँगै होस्टेलमा रहेका ३ जना विद्यार्थीलाई  प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दले बताए । 

प्रकाशित : श्रावण २८, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?