पहिरोले घर पुरेर एक महिलाको मृत्यु, एक घाइते

प्रताप विष्ट

हेटौडा — मकवानपुरको दुर्गम गाउँमा शनिवार गएको पहिरोले घर पुरेर एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।

भीमफेदी गाउँपालिका- ८ इपापाखा टोलमा बिहान गएको पहिरोले घरसहित पुरेर ५० वर्षीय मिठु दानीको घटनास्थलमा नै मृत्यु भएको हो । विहान उठेर दानीको घर गएकी १८ वर्षीया सरु खडकालाई पहिरोले पुरेर घाइते भएकी छिन । पहिरोले घर पुर्ने वितिक्कै स्थानीयवासीहरु जम्मा भएर सरुलाई तत्कालै उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न लगेका थिए । उनको अवस्था सामान्य छ ।

पहिरो पन्छाएर खोज्ने क्रममा दानी मृत अवस्थामा फेला परेको स्थानीयावसी विनोद अधिकारीले वताए । घरमा दानीमात्र एक्लै वस्थिन । सिस्नेरी खोला वढेकाले प्रहरीहरु घटनास्थलमा पुग्न सकेका छैनन्।

प्रकाशित : श्रावण २८, २०७४ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?