१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पहिरोले सडक भत्किएपछि धरान धनकुटा अवागमन अवरुद्ध

प्रदीप मेन्याङ्बो

धरान — अविरल वर्षाको कारण पहिरो झरेपछि धरान–धनकुटा सडक खण्डमा शनिबार विहानदेखि यातायात आवगमन ठप्प भएको छ । गए राति झरेको पहिरोले गर्दा अहिले कोशी राजमार्गमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

पहिरोले सडक भत्किएपछि धरान धनकुटा अवागमन अवरुद्ध

धरान उपमहानगरपालिका १३ स्थित निशाने खोला र आपगाछी विचमा पर्ने कोशी राजमार्गमा पहिरो झरेको हो । पहिरोले सडकको करिव २० मिटर कटान गरेपछि सवारी आवगमन ठप्प भएको हो । पहिरोले सडक नै वगाएपछि धरानबाट भोजपुर, धनकुटा, तेह्रथुम जाने पहाडि रुटका सैयौ सवारी साधान धरानमै रोकिएका छन् । पहाडी क्षेत्रबाट आउने सवारीसाधानहरु भेडेटार र आपगांछीमा रोकिएका छन् ।

धरान–धनकुटाको उक्त सडक खण्ड पहिले देखि नै जोखिमपुर्ण रहेको थियो । एक बर्षअघि नै सडक धसिएर आधाफुट सतह तल झरेको थियो ।

प्रकाशित : श्रावण २८, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?