१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढिले ५ भन्दा बढी स्थानको पुल बगायो

कान्तिपुर संवाददाता

डोल्पा(दुनै) — केही दिनदेखि परेको अविरल वर्षाका कारण फोक्सुण्डो तालबाट बगेको सुलिगाड खोलामा आएको बाढीले सिडाकको काठेपुल बगाएको र तोरा साम्जेन खोलामा आएको बाढीले त्यस खोलामा रहेको विभिन्न ४ वटा पुल बगाएको शे–फोक्सुण्डो गाउँपालिका पुग्म गाउँका आङबहादुर लामाले बताए ।

यी खोलामा आएको बाढीले ५ भन्दा बढी पुल बगाउँदा आवतजावत गर्ने बटुवाहरुलाई समस्या परेको छ । साम्जेन खोलाका ४ भन्दा बढी पुल बगाएपछि यतिखेर खुलेको क्याटो छोङ्रामा लाग्ने तिब्बतियन हाटबजारमा दैनिक उपभोग्य सामान ल्याउन जान समेत समस्या परेको छ ।
 
पुल बगाउँदा क्याटो जान नसक्ने भए पछि साविकका तिन्जे, धो, छार्का र मुकोट गाविसका नागरिकहरुले दैनिक उपभोग्य सामान ल्याउन लाग्ने हाटबजार मोरियुम छोङ्रा जानुपर्ने बाध्यता सिर्जना भएको पनि लामाले बताए । 

बाढीले यसअघि मुकोटको टाक्स्याङगाड र तांङ्गा खोलामा आएको ठुलो बाढीले टाक्स्याङ गाडको झोलुङ्गे पुल र तांङ्गा खोला माथिको काठे पुल बगाएको थियो । यसरी विभिन्न खोलामा आएको बाढिले जनमा क्षेती नगरे पनि अन्नबाली, खेतवारी बगाएर धनको भने क्षेती पुर्‍याएको ठुलीभेरी नगरपालिका–२ का वडा अध्यक्ष देवी रोकायाले बताए । 

उनको अनुसार खोलामा आएको बाढीका कारण डोल्पाका विभिन्न खोलाबाट निकालिएको विद्युतको समेत नहरमा बालुवा भर्ने र कटान गर्ने गरेकाले पटकपटक अवरुद्ध पारिदिने गरेको छ । छलगाड साना जलविधुत केन्द्रको नहर बाढीले बगाएपछि विद्युत उत्पादन बन्द नै भएको त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटकी उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् ।

प्रकाशित : श्रावण २८, २०७४ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?