कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत बस्ती निर्माण गर्न श्वेता फाउन्डेशनलाई २० लाख सहयोग

अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका झ्याडीगाउँमा निर्माण भइरहेको एकीकृत बस्तीको लागि बंगलादेशस्थित ढाका क्लबले २० लाख सहयोग गरेको छ ।

एकीकृत बस्ती निर्माण गर्न श्वेता फाउन्डेशनलाई २० लाख सहयोग

अभिनेत्री श्वेता खड्काको पहलमा स्थापित संस्था श्वेता श्री फाउन्डेशनलाई ढाका क्लबका प्रमुख जाहिर आलिमले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उनले श्वेता श्री फाउन्डेशनले बस्ती बनाउन लागेको नभई सबै माझी समुदाय मिलेर एउटा विकसित सहरको रुपमा झ्याडीगाउँलाई विकास गर्ने योजना रहेको सुनाए । 

 

पहिलोचोटी बंगलादेशबाट सिन्धुपाल्चोक पाइला टेकेका आलिमका दम्पती माझीगाउँदेखि इन्द्रावती नदीको सुन्दरता देखेर हर्षित भएका थिए । भूकम्पले तहसनहस भएको झ्याडीगाउँ ५६ एकीकृतमा १० नमुना आवासको निर्माण कार्य अगाडि बढिसकेको छ । तीन वर्षदेखि खुल्ला र थोत्रो पाल टहरामा आश्रय लिएर बसिरहेका माझी परिवारलाई दसैं अगाडि घर दिने अभियानमा लागेको अभियन्ताहरुले बताएका छन् । 

 

चौसागढी नगरपालिकाका जनप्रतिनिधिले सडकको समस्या समाधान गर्ने प्रतिबद्धता अझै पूरा नगरेकाले यो समस्या झनै थपिएको स्थानीयको भनाइ छ । फाउन्डेशनका अध्यक्ष अभिनेत्री श्वेता खड्का फिल्म ‘कान्छी’को छायांकनमा व्यस्त भइरहेकाले आउन नसकेको जानकारी गराइएको थियो ।

प्रकाशित : भाद्र १४, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?