१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डेनमार्कवासी नेपालीद्वारा बाढीपीडितलाई राहत

विनोद भण्डारीे

विराटनगर — गैर आवासीय नेपाली संघ डेनमार्कले मोरङका बाढीपीडितलाई राहत वितरण गरेको छ । डेनमार्कवासी नेपालीहरुद्वारा रतुवामाई नगरपालिका ५ गोविन्दपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो ।

डेनमार्कवासी नेपालीद्वारा बाढीपीडितलाई राहत

गैर आवासीय नेपाली संघ डेनमार्कले मोरङका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

डेनमार्कवासी नेपालीहरुद्वारा रतुवामाई नगरपालिका ५ गोविन्दपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो । डेनमार्कमा रहेका नेपालीले संकलन गरेको डेढलाख मूल्यबराबरको राहत सामाग्री गोविन्दपुरको मुसरभिट्टाका १ सय ५० घरपरिवार बाढीपीडितहरुलाई वितरण गरिएको थियो । नेपाली जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष नवीन आचार्यमार्फत बाढीपीडितहरुलाई चामल, दाल, नुन, तेल र चिनीलगायत सामाग्री वितरण गरिएको हो ।

रतुवामाई नगरपालिकाका मेयर रवीन राई सर्वदलीय समितिका प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका मोरङका सचिव नागेश कोइराला र गैरआवासीय नेपाली संघ डेनमार्कका सल्लाहकार नवीन आर्चायले बाढीपीडितहरुलाई संयुक्त रुपमा राहत सामग्री वितरण गरेका थिए ।

साउन अन्तिम साता वक्राहा खोलामा आएको बाढीले बाँध फुटाएर मानव बस्तीमा पस्दा उक्त क्षेत्रका ९ सय बढी घर परिवार विस्थापित बनेको नगर प्रमुख राईले बताए ।

प्रकाशित : भाद्र १८, २०७४ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?