१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थानकोट–चन्द्रागिरी सडकमा अवरोध, पर्यटन प्रभावित

प्रताप विष्ट

हेटौडा — थानकोट—चन्द्रागिरीको मोटरबाटोको स्तरोन्नतीको कार्यलाई स्थानीयबासीले अवरोध पुर्‍याएकाले चित्लाङ क्षेत्रका होमस्टे र होटलहरु प्रभावित भएका छन ।

उक्त मोटरबाटो भएर राजधानीबाट आन्तरिक एव बाह्य पर्यटकहरु चित्लाङ आउने गर्थे ।

थानकोट—चन्द्रागिरीको मोटरबाटोको स्तरोन्नतीको कार्यलाई स्थानीयबासीले अवरोध पुर्‍याएकाले चित्लाङ क्षेत्रका होमस्टे र होटलहरु प्रभावित भएका छन ।

उक्त मोटरबाटो भएर राजधानीबाट आन्तरिक एव बाह्य पर्यटकहरु चित्लाङ आउने गर्थे ।

स्तरोन्नतीको ठेक्का लिएको निर्माण कम्पनीले सडक फराकिलो बनाउने क्रममा निस्केका ढुंगा र माटो स्थानीयबासीले तलतिर पनि फाल्न नदिने र ठेक्कामा दिएर अन्यत्र लैजान पनि नदिएकाले मोटरबाटो निर्माण कार्य अवरुद्ध भएको जनाएको छ । उक्त बाटोमा सवारी साधनहरु चल्न सकेका छैन ।

‘थानकोट—चन्द्रागिरीसम्मको मोटरबाटो अवरुद्ध भएकाले चित्लाङ र इन्द्रसरोवरमा रमाउने आन्तरिक एवं बाह्य पर्यटकहरु जान मान्दैनन’ ड्रिम नेपाल ट्राभल्स एण्ड टुर काठमाण्डौका विजय प्रधानले भने ।

पर्यकटहरुको अभावमा चित्लाङमा रहेका होमस्टेहरु विगत एक महिनादेखि सुनसान छन । काठमाडौतर्फ पर्ने थानकोट–चन्द्रागिरीको ७ किलोमिटर मोटरबाटोको स्तरोन्नती कार्य भइरहेको छ ।

प्रकाशित : भाद्र १९, २०७४ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?