कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

२१ किलो चरेससहित दुई बृद्ध पक्राउ

ठाकुरसिंह थारु

बाँके — संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जले २१ किलो चरेससहित दुई जना बृद्धलाई पक्राउ गरेको छ । चरेस कारोबार गरेको आरोपमा डुडवा गाउँपालिका २ नौरीगौरी बस्ने ७० वर्षीय मुरली अहिर र ५४ वर्षीय फेरन अहिर रहेका छन् । उनीहरुले घरमा चरेस लुकाएको विशेष सूचना पाएपछि प्रहरीले भाद्र २१ गते छापा मारेको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले चरेस र पक्राउ गरेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त चरेस भारत पठाउनका लागि त्यहाँ राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रलोभनमा परी भरिया बनेको अनुमान छ । बरामद गरिएको चरेसको बजार मूल्य ३ लाख ६० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७४ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?