कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बबईमा संसदीय समिति

गुलरिया — संसद्को अर्थसमितिले जब्दीघाटस्थित बबई नदीमा निर्मित पुलको अनुगमन गरेको छ । समिति सभापति प्रकाश ज्वाला नेतृत्वको टोलीले बाढीले भासिएको पुलको अनुगमन गरेको हो । गत साउन २८ गते पुल भासिएको थियो ।

टोलीमा सांसद कमला पन्त, दलबहादुर सुनार, हरि ज्ञवाली र सिर्जना तारमुखलगायत थिए । ‘पुल भासिएको छ । कसको लापरबाहीले यस्तो भयो । त्यसका बारेमा छानबिन गर्नुपर्ने देखिन्छ,’ सभापति ज्वालाले भने, ‘राज्यलाई ठूलो क्षति पुर्‍याउने जोसुकै भए पनि कारबाहीको दायरामा आउँछन् ।’ 

करिब ६ वर्षअघि निर्माण सुरु भएको उक्त पुल १६ करोड ६८ लाखको लागतमा निर्माण भएको थियो । पुल हस्तान्तरण नहुँदै भासिएको हो । काठमाडांै पुगेर यस विषयमा छलफल गरेर यथाशीघ्र छानबिन गरि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने संसदीय टोलीले जनाएको छ । पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो । 

सरकारले यसअघि सुर्खेतस्थित सडक डिभिजन कार्यालयका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा पॉच सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले साताअघि सडक विभागमा प्रतिवेदन बुझाएको छ । दुई साता लगाएर समितिले छानबिन गरेको थियो । छानबिन समितिका अनुसार १७ वटा स्परमध्ये पूर्वतिरका ६ पिलरबाट मात्र बबईको पानी बगिरहेको छ ।

सबै पिलरमुनिबाट पानी बग्नुपर्ने भए पनि त्यसो नभएको समितिले जनायो । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया–रम्मापुर सडक खण्डमा सवारी सञ्चालन हुन सकेको छैन । पुलका पॉचवटा पिलर बाँगिएका छन् । पुल बाढीले नभई कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण भासिएको सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए ।

प्रकाशित : भाद्र २५, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?