कांग्रेस सुनसरी जिल्ला सचिवले दिए राजीनामा

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी सुजेन्द्र तामाङले नेपाली कांग्रेस सुनसरी जिल्लाको सचिव तथा प्रवत्ता पदबाट राजीनामा दिएका छन् । उनले पार्टीका सभापति राजीव कोइलालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘मेरो विद्यमान परिस्थितिलाई मध्यनजर गरी स्वाभाभिक रुपमा लिइदिन हुन अनुरोध गर्दछु ।'

कांग्रेस सुनसरी जिल्ला सचिवले दिए राजीनामा

साथै पार्टीको जिम्मेवारीबाट राजीनामा दिए तापनि लोकतन्त्र र पार्टीको सिद्धान्त, मूल्य–मान्यता र आस्थावाट कहिल्यै विचलित नहुने अनुरोध गर्दछु ।’ उनले भदौ ९ गते नै राजीनामा बुझाएको जनाए पनि हालसम्म स्वीकृत भए/नभएको जानकारी पार्टीले दिएको छैन ।

यसअघि तामाङको बारेमा केही सञ्चार माध्यममा पार्टीको जिल्ला सचिव भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधान र नियमावलीविपरीत पार्टीका सक्रिय भएको खबर प्रकाशित भएको थियो ।

प्रकाशित : भाद्र २५, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?