नेपाल जनता पार्टी पुनर्गठन

काठमाडौं — अनिल शर्मा नेतृत्वको नेपाल जनता पार्टी पुनर्गठन गरिएको छ । बहुल राष्ट्रिय समाजवादी पार्टीसँग एकीकरणपछि काठमाडौंमा बसेको राष्ट्रिय कार्यकारिणी समिति बैठकले २९ सदस्यीय संगठन समिति बनाउने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

अनिल शर्मा नेतृत्वको नेपाल जनता पार्टी पुनर्गठन गरिएको छ ।

बहुल राष्ट्रिय समाजवादी पार्टीसँग एकीकरणपछि काठमाडौंमा बसेको राष्ट्रिय कार्यकारिणी समिति बैठकले २९ सदस्यीय संगठन समिति बनाउने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएका छन् । पुनगर्ठित पार्टी अध्यक्षमा शर्मा, वरिष्ठ नेतामा किशोरकुमार विश्वास, वरिष्ठ उपाध्यक्षमा त्रिभुवननाथ पाठक, प्रेमप्रसाद राई (थुलुङ) संगठन महामन्त्री, खेमनाथ आचार्य र ओमप्रकाश जयसवाल महामन्त्री र देवनारायणमल्लिकलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । विश्वास बहुल राष्ट्रिय समाजवादी पार्टीको अध्यक्ष थिए ।

त्यस्तै, दुर्गाप्रसाद यादव, चक्रपाणी गौतम र पुनीतकुमार पाठक मन्त्री छन् । मनोजकुमार कनोडिया, अनिल अग्रवाल, कमलाप्रसाद शुक्ल, अनिताकुमारी शर्मा, पुष्पराज घिमिरे, वासुदेव पासवानलगायत १८ जना सदस्य छन् ।

बैठकले लोकतन्त्रको रक्षा र संविधानको मर्म–भावनाअनुरुप स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँदलीरहीत निर्वाचन गर्न, गराउन अविलम्ब चुनावी सरकार गठन गर्न माग गरेको छ । जनता पार्टीले थ्रेसहोल्डको व्यवस्थाप्रति पनि असहमति जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७४ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?