२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बागीविरुद्ध कारबाही सिफारिस

महोत्तरी — स्थानीय तह चुनावमा पार्टीविरुद्ध आचरण गरेको आरोपसहित दर्जन कार्यकर्तालाई महोत्तरी कांग्रेसले कारबाहीको सिफारिस गरको छ । कारबाहीको सिफारिस गरिएकामा महाधिवेशन प्रतिनिधिदेखि क्रियाशील कार्यकर्तासमेत छन् ।

कारबाहीको सिफारिस गरिएकाम महाधिवेशन प्रतिनिधिद्वय महेन्द्र यादव र महेन्द्रकुमार राय छन् । यादवले मनरा सिसवा र रायले औरही नगरपालिकाका पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रमुख पदमा उम्मेदवारी दिएकाले कारबाही सिफारिस गरिएको हो । 
कारबाही सिफारिस पर्नेमा जिल्ला कार्यसमितिका पूर्वसदस्य सुरतन यादव, गौशाला–१२ का महेन्द्र महतो, लोहरपट्टीका रामसुराग यादव, मनरा–१ का वडा सभापति नागेन्द्र साह, पिपराका राहुल पाण्डे, अशोक पाण्डे, औरहीका ब्रह्मदेव यादव, वीरेन्द्र मिश्र छन् । कांग्रेस जिल्ला सभापति महेन्दकुमार रायका अनुसार मंगलबार जलेश्वरमा बसेको कार्यसमिति बैठकले कारबाही सिफारिस गरेको हो ।
 

माओवादीद्वारा उम्मेदवार टुंगो
ओखलढुंगा– माओवादी केन्द्र जिल्ला कमिटीले आगामी चुनावका लागि उम्मेदवार टुंगो लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पार्टीले प्रतिनिधिसभा, प्रदेशसभा प्रत्यक्ष र समानुपातिक उम्मेदारको नाम टुंगो लगाएको हो । 
प्रदेशसभाको क्षेत्र १ मा रामकुमार कार्की र २ मा मोहनकुमार खडकाको नाम टुंगो लगाएको हो । त्यसैगरी प्रतिनिधिसभाका लागि बाबुराम गौतमको नाम सर्वसम्मत टुंगो लगाएको हो । समानुपातिकतर्फ भने संघ र प्रदेशका लागि १७ जनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला संयोजक मोहनकुमार खड्काले बताए ।

प्रकाशित : भाद्र २८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?