ओभरसियर अझै बेपत्ता

प्रतिक्षा काफ्ले

स्याङ्जा — जिल्ला प्राविधिक कार्यालय स्याङ्जाका ओभरसियर ४२ वर्षीय राजकुमार सिलवाल अझै बेपत्ता छन् ।
ललितपुर जिल्ला गोदावारी घर भई स्याङ्जामा कार्यरत उनी हरिनास गाउँपालिकामा पहिलो दिन हाजिर भएर काठमाडौं जाने क्रममा हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओभरसियर अझै बेपत्ता

जिल्ला प्राविधिक कार्यालय स्याङ्जाका ओभरसियर ४२ वर्षीय राजकुमार सिलवाल अझै बेपत्ता छन् ।

ललितपुर जिल्ला गोदावारी घर भई स्याङ्जामा कार्यरत उनी हरिनास गाउँपालिकामा पहिलो दिन हाजिर भएर काठमाडौं जाने क्रममा हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी जारी रहे पनि कहींकतै कुनै जानकारी आउन सकेको छैन ।

त्यस्तै गरी काभ्रे जिल्ला घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय सुनिल पाण्डे आयुर्वेदिक औषधि बिक्री गर्दै स्याङ्जा आएका उनी केही दिनदेखि बेखबर छन् । बयरघारीस्थित एक होटलमा उनी बास बसेका थिए । त्यसपछि पोखरा जाने भन्दै झोला होटलमै छाडेका उनी हालसम्म पनि बेखबर रहेको प्रहरी प्रमुख एसपी गोरखसिंह भण्डारीले बताए ।

हेल्लो इन्टरनेसनल प्राइभेट लिमिटेड चुच्चेपाटीमा ०७० सालदेखि कार्यरत उनी औषधि बेच्ने क्रममा ११ गते स्याङ्जा आएका हुन् । उनका आफन्तका अनुसार १२ गतेदेखि उनी सम्पर्कविहीन भएका छन् ।

प्रकाशित : भाद्र २८, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?