तराईमा जितिया पर्वको रौनक

नवीन पौडेल

नवलपरासी — तराईका जिल्लाहरुमा जितिया पर्वको रौनक बढेको छ । विशेष गरी थारु समुदायका महिलाहरुले यो पर्व मनाउने भए पनि पुरुष र महिला दुवै ब्रत बस्ने हुँदा यसलाई थारु समुदायको नै एक ठुलो सांस्कृतिक पर्वकारुपमा लिने गरिन्छ । पर्वको अवसरमा महिलाहरुले झाम्टा नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

तराईमा जितिया पर्वको रौनक

तराईका जिल्लाहरुमा जितिया पर्वको रौनक बढेको छ ।

विशेष गरी थारु समुदायका महिलाहरुले यो पर्व मनाउने भए पनि पुरुष र महिला दुवै ब्रत बस्ने हुँदा यसलाई थारु समुदायको नै एक ठुलो सांस्कृतिक पर्वकारुपमा लिने गरिन्छ । पर्वको अवसरमा महिलाहरुले झाम्टा नृत्य प्रस्तुत गर्ने गर्दछन् । वर्षभरिको दु:ख, सु:ख साटासाट गर्ने र आफ्ना पिर व्यथालाई गीतमार्फत पोख्ने गर्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइने गरिन्छ ।

पर्वका लागि थारु समुदायको मौलिक घरलाई माटोले लिपेर सिंगारिएको हुन्छ । दिदीबहिनीलाई घरमा बोलाएर मिठो मसिनो खुवाउने र समूहहरु बनाएर विभिन्न खेल खेल्ने प्रचलन छ ।

जितिया पर्व आज तराईका थारु समुदाय र अन्य रैथाने नातीले धुमधामका साथ मनाइरहेका छन् । जित बहानको कथा सुन्ने र पूजा गर्ने हुनाले यस्ले सबैलाई अनुशासीत र कर्मशील बनाउने धार्मिक विश्वास रहेको कावासोती १६ का जित नारायण थनैतले बताए ।

पछिल्लो समय लोप हुँदै गएको झाम्टा नृत्य, भोदी खेल र अन्य सांस्कृतिक सम्पदाको समेत संरक्षण र प्रवर्द्धमा पर्वको अवसरमा युवाहरु अग्रसर भएका छन् ।

संस्कृति जर्गेनाका लागि एक महिना अघिदेखि नै विभिन्न स्थानमा झाम्टा नृत्य प्रतियोगिता र खेलहरु आयोजना भइरहेका छन् । झाम्टा गीतमा पौराणिक कथासँगै मुलुकको राजनितिक परिवर्तनलाई संस्थागत गर्दै आफ्नो समुदायको हकअधिकार प्राप्तिका लागि जनचेतना समेत जगाउने गरेका छन् ।

नयाँ पुस्ताले मौलिक संस्कृति बिर्संदै गएकाले संस्कृति हस्तान्तरणका लागि मौलिक भेषभूषा र भाषाको प्रतियोगिता आयोजना गर्ने गरिएको थारु कल्याणकारिणी सभाका सीताराम चौधरीले बताए ।

प्रकाशित : भाद्र २८, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?