अन्तर्घातको आरोपमा कांग्रेस दैलेखका सभापतिसँग स्पष्टीकरण माग

जिल्ला पार्टी कार्यालयमा ५ महिनादेखि तालाबन्दी
ज्योती कटुवाल

दैलेख — नेपाली कांग्रेस दैलेखले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै पार्टी सभापतिसहित दर्जनौं नेता कार्यकर्ताहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

अन्तर्घातको आरोपमा कांग्रेस दैलेखका सभापतिसँग स्पष्टीकरण माग

विभिन्न प्राप्त उजुरीका आधारमा कारबाही थालेको कांग्रेसले जनाएको छ । कारबाहीको प्रक्रिया भने स्पष्टीकरणबाट सुरु भएको छ । उजुरी परेकाहरुलाई पत्र काटेर सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

जिल्ला सभापति कृष्णकुमार विसीलाई पार्टीको जिल्ला अधिवेशनमा संकलन भएको रकमको दुरुपयोग गरेको भन्दै कार्यकर्ताहरुले गत साउन १७ गते मुद्दा दर्ता गराएका हुन् । बिसीलाई विभिन्न किसिमका क्रियाकलापमा गर्दै आएको र कार्यकर्ताको मतलब नै नगरी रकम हिनामिना गरेको कार्याकर्ताहरुको आरोप छ । त्यस्तै जिल्ला अधिवेशनमा सदरमुकामका विभिन्न होटलहरुमा खाना र आवासको करिब १५ लाख रकम नतिरेको र गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माणको नाममा देश तथा विदेशबाट आएको रकम हिनामिना गरेको आरोप पनि लगाइएको छ ।

स्थानीय तहको निर्वाचनमा आफूले भनेका व्यक्तिहरुले टिकट नपाएको आक्रोशमा आधिकारिक उम्मेदवारहरुलाई पराजित गराउन सक्रिय रहेको लगायतका आरोपसहित दैलेख जिल्लाका २४ मध्ये १६ जना महाधिवेशन प्रतिनिधि र २० मध्ये १४ जना निर्वाचित जिल्ला कार्यसमितिका सदस्यहरुको संयुक्त दस्तखतसहितको उजुरी निवेदन केन्द्रीय कार्यलयमा सावण १७ गते दर्ता गराएका थिए । विसीसहित जिल्लाका १४ जना कार्यकर्तालाई कारबाहीको माग गरेका कांग्रेसका एक कार्यकर्ताले बताएका छन् ।

बिसीको विरोध गर्दै कार्यकर्ताले साउन १७ गतेबाट आधिकारीक रुपमा ताला लागाएको छ । कार्यालय चैत्र महिनादेखी नै बन्द भएको हो ।

प्रकाशित : भाद्र २८, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?