काठमाडौं — बालिकामाथि बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका १ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्ष कैदको फैसला सुनाएको छ ।
अदालतले पीडकबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको मंगलबार बसेको इजलासले यस्तो फैसला सुनाएको हो । आलमले मनहरी गाउँपालिकाकी एक बालिकालाई गत असार ६ गते बलात्कार गरेका थिए ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?