कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभियुक्त नियन्त्रणमा

सिन्धुपाल्चोक — नागरिकता मुद्दामा सजाय सुनाइएका ४९ वर्षीय कुमारप्रसाद पाण्डेलाई प्रहरीले १० वर्षपछि मंगलबार पक्राउ गरेको छ ।

जिल्ला अदालतले उनलाई ०६४ वैशाख १३ मा सजाय सुनाएको थियो । पाण्डे साबिक मेलम्ची गाविसका पूर्वउपाध्यक्ष हुन् । सजाय तोकेलगत्तै फरार पाण्डेलाई विशेष सूचनाका आधारमा चौसागढीको चौतारा बजारबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?