दैलेख पहिलो

कान्तिपुर संवाददाता

दैलेख — न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसीपीएम) मा जिल्ला समन्वय समिति दैलेख मुलुककै पहिलो भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको वित्तीय आयोगको सचिवालयको स्वतन्त्र मूल्यांकनमार्फत पहिलो भएको हो ।

आव २०७२/७३ मा जिससले ८९ अंक प्राप्त गरेको छ । ०७१/७२ को मूल्यांकनमा दैलेख दोस्रो स्थानमा थियो ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

अभियुक्त नियन्त्रणमा

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — नागरिकता मुद्दामा सजाय सुनाइएका ४९ वर्षीय कुमारप्रसाद पाण्डेलाई प्रहरीले १० वर्षपछि मंगलबार पक्राउ गरेको छ ।

जिल्ला अदालतले उनलाई ०६४ वैशाख १३ मा सजाय सुनाएको थियो । पाण्डे साबिक मेलम्ची गाविसका पूर्वउपाध्यक्ष हुन् । सजाय तोकेलगत्तै फरार पाण्डेलाई विशेष सूचनाका आधारमा चौसागढीको चौतारा बजारबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्