पुल पुनर्निर्माण गरिने

कान्तिपुर संवाददाता

रामेछाप — बाढीले बगाएको जिल्लाको खिम्तीस्थित छतिवने खोलाको पुल पुनर्निर्माण गरिने भएको छ । जापान सरकारको सहयोगमा २ वर्षअघि बनेको उक्त पुल गत असारमा आएको बाढीले बगाएपछि खिम्ती–बेताली सडक खण्डको यातायात सेवा प्रभावित छ ।

बाढीले बगाएको जिल्लाकोखिम्तीस्थित छतिवने खोलाको पुल पुनर्निर्माण गरिने भएको छ । जापान सरकारको सहयोगमा २ वर्षअघि बनेको उक्त पुल गत असारमा आएको बाढीले बगाएपछि खिम्ती–बेताली सडक खण्डको यातायात सेवा प्रभावित छ ।

खोलाबाटै जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ । डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनका अनुसार पुल निर्माणका लागि सडक विभागको सैद्धान्तिकसहमति दिइसकेको छ । ‘प्राथमिकता प्राप्त योजनामा राख्ने निर्णय भएको छ,’उनले भने ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यचौकी निर्माण

कान्तिपुर संवाददाता

नुवाकोट — सूर्यगढी गाउँपालिका–४ हल्देकालिका स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । स्वास्थ्यचौकीको कांग्रेस नेता रामशरण महतले सोमबार उद्घाटन गरेका छन् ।

भूकम्पपछि स्वास्थ्यचौकी अभावमा बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । १४ कोठे चौकीको लागत १ करोड ८९ लाख रुपैयाँ रहेको स्वास्थ्य इन्चार्ज नरेन्द्रमान डंगोलले बताए । स्थानीय वासु गिरीले नि:शुल्क जमिन उपलब्ध गराएका थिए । यहाँ दैनिक १५–२० बिरामी आउने गरेका छन् । 

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्