ब्रिटिस कलेजका २०१ विद्यार्थी दीक्षित

कान्तिपुर संवाददाता

काठमाडौं — ‘द ब्रिटिस कलेज’का २ सय १ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा शुक्रबार एक समारोहबीच कलेजले ती विद्यार्थीलाई दीक्षित गरेको हो ।

‘द ब्रिटिस कलेज’का २ सय १ विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडौंमा शुक्रबार एक समारोहबीच कलेजले ती विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहमा द युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्यान्डको पाठ्यक्रममा बीबीए (हन्स) बिजनेस एन्ड म्यानेजमेन्टका ६९ जना विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेस म्यानेजमेन्टका २८ जना ग्राज्युएटस् भएका थिए । त्यसै गरी लिड्स बेक्केट युनिभर्सिटीअन्तर्गत बीएसी (हन्स) कम्युटिङका १०४ विद्यार्थीहरु दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथि बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्यान्डबीच जोन एडवर्ड हलिस्टर मोन्टागु, लिड्स वेकेट युनिभर्सिटीका प्रतिनिधि प्रोफेसर लेस्ले अर्ली, युनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्यान्डका प्रतिनिधि तथा बिजनेस एन्ड म्यानेजमेन्टका प्रमुख प्याट्रिसिया भोयडेनलेलगायतले विद्यार्थीहरुलाई दीक्षित गराएका ब्रिटिस कलेजले विज्ञप्तिमार्फत जनाएका छन् ।

बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्यान्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा सन् २०११ देखि ब्रिटिस कलेज नेपालमा सञ्चालन भइरहेको छ ।

प्रकाशित : आश्विन १, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

वडा सदस्यलाई कालोमोसो

कृष्ण थापा

नुवाकोट — नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका-४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई शनिबार कालो मोसो दलेका छन् ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित थापालाई शक्तिको दुरुपयोग र पदीय जिम्मेवारीअनुसार कार्य नगरेकोले मोसो दलेर जनकारबाही गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले बताए । ‘उनलाई पटक पटक सुध्रिन भनेका थियौं,’सेक्रेटरी तिमिल्सिनाले भने,‘त्यसपछि कारबाही गरेका हौं ।’पूर्वप्रहरी समेत रहेका थापा स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

गाउँमा अवैधानिक रुपमा औषधि बिक्री वितरण गरी सर्वसाधरणको स्वास्थ्यमाथि खेलबाड गरेको, आर्थिक वर्ष ०६३/६४ मा झोलुङे पुल निर्माणका क्रममा निर्माण समितिको अध्यक्ष हुँदा बजेट अनियमितता गरी पुलको निर्माण सम्पन्न नगरेकोलगायत आरोप थापामाथि छ ।

गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रायणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको आरोपमा मोसो दलेका थिए । सेक्रेटरी तिमिल्सिनाले केन्द्रीय निर्देशन अनुसार जिल्लामा कारबाही थालिएको र यस्ता दर्जनभन्दा बढीलाई कारबाही गरिने समेत बताए ।

प्रकाशित : आश्विन १, २०७४ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT