कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपीडितद्वारा क्षतिपूर्ति माग

नवलपरासी — सुस्ताका २ सय ६५ बाढीपीडित परिवारले स्थानीय प्रशासनसमक्ष क्षतिपूर्ति माग गरेका छन् । दुई साताअघि नारायणीमा आएको बाढीबाट सबै घर डुबानमा परेका थिए । घरमा ७ फिटसम्म पानी पसेको थियो ।

‘बस्ती डुबेकाले अन्न खानै नहुने गरी कुहिएको छ । चाड केले मनाउने हो, घरमा अन्न छैन,’ सुस्ता बचाऊ आन्दोलनका अगुवा गोपाल गुरुङले भने, ‘बाढी नियन्त्रणको काम नगरेको सरकारले अन्नपात किन्न सहयोग गर्ला कि भनेर पीडित सबैले क्षतिपूर्तिको माग गर्दै स्थानीय प्रहरी कार्यालयमार्फत जिल्ला प्रशासनमा निवेदन दर्ता गराएका छौं ।’

प्रशासनले सहयोग गर्छ भन्ने सुनेर निवेदन दर्ता गराएको उनले बताए । निवेदन जिल्ला प्रहरीमार्फत प्रशासनमा राहतका लागि पठाएको सुस्ता प्रहरी चौकीका इन्चार्ज असई कृष्णहरि विकले बताए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पीडितमध्ये २२ परिवारलाई जस्तापाता उपलब्ध गराएको र पीडितलाई विभिन्न संघसंस्थाले खाद्यान्नलगायत सहयोग गरिरहेको जनाए । सुस्तामा नारायणीको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजनाका लागि जलस्रोत मन्त्रालयमा जानकारी पठाएको उनले दाबी गरे ।

प्रकाशित : आश्विन ७, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?