कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘मनोनयनपछि मात्रै आचारसंहिता’

कान्तिपुर संवाददाता

मोरङ — कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले आचारसंहिताका कारण राज्य सञ्चालनको दैनिक काममा बाधा परेकाले प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको मनोनयनपछि मात्र आचारसंहिता लगाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा कार्यवाहक प्रधानमन्त्री गच्छदारले ३ सय स्थानीय तहमा कर्मचारी अभाव भएको र त्यसका लागि आयोगसँग सहमति लिने काम भइरहेको बताएका हुन् । उनले दसंैपछि सबै स्थानीय तहमा कर्मचारी पुगिसक्ने प्रतिबद्धता जनाए । संघीय मामिला तथा स्थानीय विकास मन्त्री गच्छदारले स्थानीय सरकार सञ्चालन ऐन प्रमाणीकरण हुने क्रममा रहेकाले ऐन आएपछि स्थानीय सरकार सञ्चालन गर्न सहज हुने सुनाए ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?