कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रानाभाटले पहिरिए श्रीपेच

लिगलिगे दौड
सुदीप कैनी

गोरखा — आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाटले नगद ५० हजार ५ सय ५ रुपैयाँ पुरस्कारसहित श्रीपेच जितेका छन् ।

रानाभाटले पहिरिए श्रीपेच

नेपाली सेनामा कार्यरत उनले एक घण्टा दुई मिनेटमा दौड पूरा गरे । उनलाई खेलकुदमन्त्री राजन केसीले श्रीपेच पहिराएर ‘लिगेलिगे दौड २०७४’ का विजेता घोषणा गरेका हुन् । 

गोरखाको मस्र्याङ्दी र चेपे दोभानबाट आँपपीपलको लिगलिगकोटसम्म दौडेर पहिलो हुनेलाई विजेता घोषणा गरी पुरस्कृत गरिने चलन छ । सेनाकै राम्जी बस्नेतले एक घण्टा ४ मिनेटमा दौड पूरा गरेर दोस्रो पुरस्कार जिते । उनले ३० हजार ३ सय ५ रुपैयाँ नगद पुरस्कार पाए । सेनामै कार्यरत कृष्ण बस्नेत एक घण्टा ५ मिनेट ३८ सकेण्डमा दौड पूरा गरेर तेस्रो भएका छन् । उनले नगद २० हजार दुई सय ५ रुपैयाँ पुरस्कार पाए । दौडमा एक सय १७ जना सहभागी भएको आयोजक लिगलिग कोट विकास अभियानका उपाध्यक्ष सरोज देवकोटाले बताए । पहिलो हुनेले १३ दशमलव ५ किलोमिटरको उक्त दूरी गत वर्ष ५६ मिनेट १८ सेकेण्डमै पूरा गरेका थिए । 
समावेशी महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भइन् । उनले ३९ मिनेटमा दौड पूरा गरेर १५ हजार ५ सय पुरस्कार पाएकी हुन् । गत वर्ष पनि श्रेष्ठले ४० मिनेट दुई सेकेण्डमा दौड पूरा गरेर प्रथम भएकी थिइन् । नेपाली सेनाकी सानुमाया कार्की द्वितीय र मीरा श्रेष्ठ तृतीय भए । उनीहरूले क्रमश: १० हजार ५ र ५ हजार ५ रुपैयाँ पुरस्कार पाए । कार्कीले ४५ मिनेट र श्रेष्ठले ४८ मिनेटमा दौड पूरा गरेका थिए ।
स्थानीयवासीका तर्फबाट पालुङटारका अमिर सिंह पहिलो, सूर्यबहादुर विक दोस्रो र राजन नेपाली तेस्रो भएका हुन् । उनीहरूले पनि समावेशी महिला तर्फको जस्तै पुरस्कार राशि पाएका छन् । नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । विसं १६०४ मा सुरु भएको दौडलाई २०६७ बाट पुन: निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको थियो । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?