१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आंशिक प्राध्यापक गजुरेल आमरण अनशन बस्ने

कान्तिपुर संवाददाता

काठमाडौं — त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार बनाउन माग गर्दै आंशिक प्राध्यापक महेश गजुरेल आमरण अनशनमा बस्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले वर्षौदेखि आंशिक रुपमा प्राध्यापन गराइरहेका प्राध्यापकको बौद्धिक शोषण गरिरहेको र यसको अन्त्यका लागि चारपटक सम्झौता गरे पनि कार्यान्वयन नभएको विरोधमा आमरण अनशन बस्न लागेको उनले जानकारी दिए । बुधबार बेलुका ४ बजे त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा आमरण अनशन सुरु हुने त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघले जनाएको छ । त्यही ठाउँमा ६५ दिनदेखि आंशिक प्राध्यापकले रिले अनसन गरिरहेका छन् । 

आंशिक प्राध्यापकलाई करार गर्न २०६३ साल भदौ ६ गते, २०६५ साल असोज २१ गते, २०६६ साल भदौ २१ गते र २०६९ साल जेठ ३२ गते नेपाल सरकारले गरेको सम्झौताको कार्यान्वयन नगरेको र महिनौदेखिका शान्तिपुर्ण आन्दोलनलाई पनि बेवास्ता गरेपछि आमरण अनशन सुरु गर्ने निर्णय भएको संघका महासचिव केशव चन्दले जानकारी दिए । पाँच दिनभित्र पनि माग पूरा नभए धेरैजना आंशिक प्राध्यापकले एकसाथ आमरण अनशन सुरु गर्ने पनि उनले बताए । 

प्रकाशित : आश्विन १०, २०७४ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?