२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
उपत्यका

National

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कैलाली हुँदै कोहलपुरतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुन्जस्थित पूर्व-पश्चिम राजमार्गको चिसापानी पुलदेखि करिब ५ सय मिटर पूर्व भे ३ प ६०६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

 मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सदरमुकाम रित्तिँदै, गाउँ भरिँदै

दसैंको दिन नजिकिँदै गर्दा जिल्लाका बजार सुनसान बन्दै गएका छन् । बजार आउने किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । विशेष गरी घटस्थापनादेखि बजारको भीडभाड कम हुँदै गएको हो ।

सदरमुकाम रित्तिँदै, गाउँ भरिँदै

असुरक्षित गर्भपतन रोकिएन

सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको डेढ दशक भइसक्यो । गर्भपतनलाई मान्यता दिलाउन ३० वर्ष पहल गर्नुपरेको यसका अभियान्ताहरू बताउँछन् । मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन अधिकार मानेको छ ।

असुरक्षित गर्भपतन रोकिएन

संस्कृति जोगाउँदै चित्रकार दम्पती

उपत्यकाका लोप भइसकेका कलासंस्कृति जोगाउन पाटनका चित्रकार दम्पती सक्रिय छन् । पाटन हौगोलमा परम्परागत देवी नाच ‘मास्क डान्स’ का लागि मुकुन्डोमा चित्रकला भर्ने, मर्मत गर्ने छुट्टै हौगो गुठी छ ।

आश्विन १०, २०७४

आंशिक प्राध्यापक गजुरेल आमरण अनशन बस्ने

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार बनाउन माग गर्दै आंशिक प्राध्यापक महेश गजुरेल आमरण अनशनमा बस्ने भएका छन् ।

अदुवा बोकेको गाडी पल्टँदा बालकको ज्यान गयो

अदुवा बोकेको गाडी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । पञ्कन्या गाउँपालिका-२ कविलासका १३ वर्षीय बलराम मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए ।

अदुवा बोकेको गाडी पल्टँदा बालकको ज्यान गयो

घर फर्किंदै परदेशी

दसैंं सुरु भएसँगै वैदेशिक रोजगारमा गएकाहरू घर फर्किने क्रम बढेको छ । बैदेसिक रोजगारीका लागि डेनमार्क पुगेका पुतलीबजार नगरपालिका ठाडो लाइनका प्रकाश ढकाल पनि लामो समयपछि घर फर्किए ।

अख्तियारले थाल्यो छानबिन

वार्षिक रूपमा हुने आफ्नो आम्दानीले चल्न नसक्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला भ्रष्टाचारको दलदलमा फसेको छ । सरकारी अनुदान नदिने हो भने वार्षिक २५ करोड रुपैयाँभन्दा बढी घाटामा जाने यो संस्थामा भएको भ्रष्टाचार सार्वजनिक भएपछि धरानवासी ‘बीपी जोगाउँm’ अभियानमा जुटेका छन् ।

अख्तियारले थाल्यो छानबिन

पूर्वकमलरी स्वास्थ्य व्यवसायतर्फ आकर्षित

बाल्यकालमा नेपालगन्जस्थित साहूको घर ६ वर्ष कमलरी बसेकी बर्दिया राजापुर ४, वसन्ताकी २२ वर्षीया पूर्वकमलरी शोभा चौधरी आजभोलि निकै व्यस्त रहन्छिन् ।

निर्वाचनको तयारीमा दलहरू

आसन्न प्रतिनिधि तथा प्रदेश सभाको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू त्यसको तयारीमा जुटेका छन् । चुनाव लक्षित कार्यक्रम गर्ने तथा उम्मेदवारहरू छान्न आन्तरिक छलफलमा दलहरू व्यस्त छन् ।

निर्वाचनको तयारीमा दलहरू

जनजातिको बजेट अब स्थानीय तहमा

मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको छ ।

बादी समुदायमा बढ्यो उल्लास

विगतका दसैंंमा टोल छिमेकमा रमझम हुन्थ्यो । छिमेकीले खसीबोका काटेको, नयाँ लुगा लगाएको र मीठोमसिनो खाएको देखेर छोराछोरी आफलाई पनि चाहियो भन्दै कराउँथे । थलारा गाउँपालिकाकी पुनी बादीका आँखा आँसुले भरिन्थे । केही सिप नलागेपछि मीठोमसिनो माग गर्ने बच्चालाई थप्पड लाएर चुप लगाउँथिन् । उनी अर्काे कुनामा फर्केर रुन्थिन् ।

‘यता टाल्यो उता प्वाल’

खाँडाचक्र–२ मेग्रका नरी विश्वकर्मा दसैं मनाउन साताअघि भारतको नैनीतालबाट घर फर्किएका छन् । गत मंसिरमा भारत पसेका विश्वकर्माले ९ जनाको परिवारका लागि नयाँ कपडा र केही नगद ल्याएका छन् ।

जोखिम घटाउन ‘हाइवे गस्ती’

चाडपर्वका बेला सवारी दुर्घटना रोक्न र मानवीय क्षति हुन नदिन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय नयाँ रणनीतिका साथ अगाडि बढेको छ । उसले सवारी साधन जाँचमा कडाइ गरेको जनाएको छ ।

जोखिम घटाउन ‘हाइवे गस्ती’

पाँच गुणा यात्रु

जलजला–५ लेकफाँटबाट आइतबार साँझ फर्किने क्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले उकालो कच्ची बाटोमा उक्लिँदै गरेको जिपका चाललाई सोधे, कति जना यात्री छन् बाबु ? ती चालकले सहजै भने ‘२६ जना ।’ मल्लले जिब्रो काढे ।

पाँच गुणा यात्रु

‘मनोनयनपछि मात्रै आचारसंहिता’

कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले आचारसंहिताका कारण राज्य सञ्चालनको दैनिक काममा बाधा परेकाले प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको मनोनयनपछि मात्र आचारसंहिता लगाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।