मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कमल पन्थी

गुलरिया — कैलाली हुँदै कोहलपुरतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुन्जस्थित पूर्व-पश्चिम राजमार्गको चिसापानी पुलदेखि करिब ५ सय मिटर पूर्व भे ३ प ६०६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

 मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कैलाली हुँदै कोहलपुरतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जस्थित पूर्व-पश्चिम राजमार्गको चिसापानी पुलदेखि करिब ५ सय मिटर पूर्व भे ३ प ६०६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । प्रहरी निरीक्षक हेम शाहीका अनुसार मंगलबार राति साढे ११ बजे मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बारबर्दिया—१० का ३४ वर्षीय सन्देश ज्ञवालीको मृत्यु भएको हो ।

निकुन्जको घना जंगलस्थित राजमार्गमा भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रनि शाहीले बताए । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब ५५ किमि पश्चिम उत्तरमा पर्दछ ।

प्रकाशित : आश्विन ११, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?