रामेछापको लखनपुरमा करेन्ट लागेर ३ घाइते

टीका भट्ट

रामेछाप — रामेछापको दोरम्बा गाउँपालिका-५ लखनपुरमा करेन्ट लागेर ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार बिहान करिव साढे ७ बजे लखनपुरमा आएको उच्च भोल्टेजको करेन्ट लागेर स्थानीय ४५ वर्षिया बलराम गौतम र उनकी ७५ वर्षिया आमा र उनहरुका छिमेकी ज्ञानबहादुर बस्नेत गम्भीर घाइेते भएका हुन । मोबाइल चार्ज गरेको छेउमा रहेको बेला उनीहरुलाई करेन्ट लागेको थियो । उच्च भोल्टेज आएकोले लखनपुरमा अरु केही समेत सामान्य घाइते भएका स्थानीय आत्माराम गौतमले बताए ।

घाइतेको स्थानीयस्तारमा उपचार हुन नसकेपछि हेलीकप्टर मार्फत काठमाडौं लगिएको छ । गाउँमा उच्च भोल्टेजका कारण सर्वसाधारण सबैले विद्युतको मिटर अफ गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी सवस्टेशन मार्फत विद्युतीकरण गरिएको उक्त क्षेत्रमा बारम्बार उच्च करेन्ट प्रवाह हुने गर्छ । दुइ वर्षअघि पनि दोरम्बामा उच्च करेन्टकै कारण ३ जनाको ज्यान गएको थियो ।

प्रकाशित : आश्विन १५, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?