कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पोखराका आइल्यान्डको आकार घटाइँदै

कान्तिपुर संवाददाता

कास्की — पोखराका मुख्य चोकमा रहेका भद्दा आइल्यान्ड भत्काएर सानो बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले महानगरको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन आइल्यान्डको पुनर्निर्माण सुरु गरेको हो ।

सडक डिभिजन, जिल्ला प्रशासन, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको समन्वयमा प्रमुख चोकका आइल्यान्ड व्यवस्थित हुनेछन् । सडक डिभिजनले दसैंअघि जिरो किलोमिटर र पृथ्वीचोक (लखनचोक) को आइल्यान्ड भत्काइसकेको छ । सरकारी कार्यालय र सरोकारवाला निकायको बैठकले आइल्यान्ड ठूलो हँुदा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेकाले घटाउने निर्णय गरेको थियो । भत्काइएका आइल्यान्डको पुनर्निर्माण शनिबारबाट सुरु भएको छ ।

महानगरपालिकाका वरिष्ठ इञ्जिनियर शारदामोहन काफलेले छरितो आइल्यान्ड बनाउन नापजाँच सुरु गरेको बताए । उनका अनुसार आइल्यान्डमा ४ मिटरको डायमिटरमा सीमित गरिने छ । आइल्यान्डको परिधि ४३ मिटर रहनेछ । यसअघि आइल्यान्डको डायमिटर १४ मिटर र परिधि ४३ मिटर थियो । उनले भने, ‘सडकको मापदण्डलाई नहेरी चोकलाई केन्द्रविन्दु मानेर चारैतिरबाट बराबर गाडी हिँड्न मिल्ने गरेर नापजाँच गरिएको छ ।’

सडक विभागअन्तर्गत ‘रोड एन्ड ट्राफिक युनिट’ पुल्चोकको अध्ययन प्रतिवेदनका आधारमा आइल्यान्डको आकार खुम्च्याउने तयार थालिएको हो । पहिलो सहिद लखन थापाको शालिक आइल्यान्डमै पुनस्र्थापना गरिने इञ्जिनियर काफ्लेले बताए । शालिक रातारात हटाएको भन्दै आदिवासी जनजाति सम्बद्ध विभिन्न संघसंस्थाले विरोध जनाएका थिए । शालिक हटाएलगत्तै नेपाल आदिवासी जनजाति महासंघ कास्कीको पहलमा भएको सरोकारवालाबीचको वार्ताबाट १० बुँदे सहमति भएको थियो ।

प्रकाशित : आश्विन २२, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?