गौरा मन्दिरमा तामाको लिंगो

कान्तिपुर संवाददाता

मुगु — सोरु गाउँपालिकाको पुरुमुरुस्थित गौरा मन्दिरमा तामाको लिङ्गो स्थापना गरिएको छ । मन्दिरमा ५३ हातको तामाको लिङ्गो स्थापना गरिएको हो । उक्त लिङ्गोमा काठभित्र र तामा बाहिर छ ।

तामाको लिङ्गो निर्माणमा ४ लाख ५० हजार खर्च भएको मन्दिरका पुजारी (डाँगर) गोत्त धरालाले बताए । तामाको लिङ्गो दर्शन गर्न भिई, धैनकोट, नार्थपुलगायतका स्थानबाट बाजागाजासहित झाँक्री र स्थानीयवासी 
आएका थिए ।  

प्रकाशित : आश्विन २२, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?