कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोसी राजमार्गमा खाल्डैखाल्डा

कान्तिपुर संवाददाता

तेह्रथुम — मर्मतसम्भारको काम गुणस्तरीय नहुँदा कोसी राजमार्गको चित्रे म्याङलुङ र चित्रे चैनपुर खण्ड जीर्ण बन्दै गएका छन् । धेरै रकम खर्च गरेर कालोपत्रे, ग्राभेल, सोलिङ, नाली निर्माणजस्ता काम गरिएको भए पनि यी काम गुणस्तरहीन हुँदा सवारी सञ्चालन नहुने गरी सडक भत्किएका हुन् ।

क्षमताभन्दा बढी भार भएका सवारीले पनि सडक भत्काउने गरेका छन् । पूर्वी तराईबाट पहाडमा आउने निर्माण सामग्रीहरू सिमेन्ट, रड, बालुवा, इँटा, गिटी, पुल तथा सडकका भारी सामान, विद्युतका सामानजस्ता अत्यधिक भार बोकेर आउने सवारीले पनि सडकलाई भत्काउने गरेको छ । त्यस्तै पहाडबाट पूर्वी तराई निर्यात हुने गोलिया, तरकारी लगायतका बढी भार बोकेर गुड्ने सवारीले पनि पहाडको सडक भत्काउन मद्दत पुर्‍याएका छन् । 

 

प्रकाशित : आश्विन २२, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?