द्वन्द्वपीडितलाई ५ करोड राहत

कान्तिपुर संवाददाता

तेह्रथुम — दस वर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका तेह्रथुमका १ सय ९० द्वन्द्वपीडितलाई ५ करोड रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ ।

द्वन्द्वकालका प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा द्वन्द्वपीडित र तिनका परिवारलाई ५ करोड १ लाख रुपैयाँ राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । सशस्त्र द्वन्द्वका क्रममा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी ९ र एक जना कर्मचारीका परिवारलाई यसअघि दिइएको रकममा थप गरी १० लाख रुपैयाँ पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

 

प्रकाशित : आश्विन २२, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?