३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

५ वर्षपछि नवदुर्गा नाच

कान्तिपुर संवाददाता

ललितपुर — पाटन दरबार स्क्वायरस्थित मूलचोकमा ५ वर्षपछि ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । दसैंमा मंगलबजारमा नवदुर्गा नाच दुईपटक देखाउने परम्परा छ । कोजाग्रत पूर्णिमाको अवसरमा देखाइने नाच २०६९ देखि रोकिएको थियो ।

पाटन दरबार स्क्वायरस्थित मूलचोकमा ५ वर्षपछि ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । दसैंमा मंगलबजारमा नवदुर्गा नाच दुईपटक देखाउने परम्परा छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा देखाइने नाच २०६९ देखि रोकिएको थियो । २० वर्षअघि बन्द भएको विजयदशमीमा देखाइने नाच भने पुन: सञ्चालन हुन सकेको छैन । नाच प्रदर्शन गर्न ठेचोस्थित देवता घरबाट मू द्य: (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पर्‍याएका थिए । मंगलबजार प्रस्थान गर्नुअघि ११ देवगण, २ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा भालेसहितको बलि चढाई पूजा गरे ।

नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले मंगलबजारमा नाच प्रदर्शन गर्न ६ महिनाअघिदेखि तयारी थालेको बताए । ‘देवगणहरूलाई नाच प्रशिक्षण दिन मात्रै ३ महिना लाग्यो,’ उनले भने, ‘पसुका (एक प्रकारको गलामा लगाउने धागो) बाध्न मात्रै साता दिन लाग्यो ।’ उनका अनुसार नवदुर्गाको पूजा गर्न आउने भक्तजनलाई प्रसाद स्वरूप टीका, फूलमाला दिँदा पसुका पनि अनिवार्य दिनुपर्ने परम्परा छ । नाच प्रदर्शन गर्न दम्बी: खी (ठूलो मादल) र देवगणको पोसाक नयाँ फेरिएको थियो ।

प्रकाशित : आश्विन २२, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?