कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए उपकोषाध्यक्षमा सापकोटाको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — एनआरएनएको आठौं ग्लोबल सम्मेलनमा डेनमार्कका सोम सापकोटाले उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा कार्यक्रम गरी सापकोटाले संस्था बलियो बनाउन आर्थिक पाटो सबल बनाउने योजनासहित उम्मेदवारी घोषणा गरे ।

एनआरएनए उपकोषाध्यक्षमा सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनएको आठौं ग्लोबल सम्मेलनमा डेनमार्कका सोम सापकोटाले उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा कार्यक्रम गरी सापकोटाले संस्था बलियो बनाउन आर्थिक पाटो सबल बनाउने योजनासहित उम्मेदवारी घोषणा गरे । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ,’ उनी भन्छन्, ‘आर्थिकरुपमा सबल बनाउन सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’

सापकोटाले गुणात्मक सदस्य विस्तार गर्दै सबै देशमा सामाजिक कोष स्थापना गर्ने लक्ष्य रहेको बताए ।

सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा एनआरएनए डेनमार्कका संस्थापक अध्यक्ष हुन् । उनी दुई कार्यकाल केन्द्रीय सदस्य र यूरोप सहसंयोजक भएर काम गरेका छन् ।

सापकोटा डेनमार्कस्थित पर्यटन बोर्डका प्रतिनिधि हुन् ।

प्रकाशित : आश्विन २२, २०७४ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?