मनाङमा जिप दुर्घटना: एक पर्यटकको मृत्यु

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गको तल्लो मनाङस्थित ताल गाउँ नजिकै पर्यटकबहाक जिप दुर्घटना हुँदा एक इजरायली नागरिकको मृत्यु भएको छ ।

मनाङमा जिप दुर्घटना: एक पर्यटकको मृत्यु

नासोङ गाउँपालिका १, तालगाउँ नजिकै ग१ज६०३४ नम्बरको बोलेरो जिप पल्टिँदा गम्भीर घाइते इजरायली नागरिक बर्ष २६ की भेरेड एभियाशरको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको बेंसीसहरबाट ताल जाँदै गरेको जिप आइतबार साँझ पौने ७ बजे तालडाँडाबाट तालगाउँ जाँदै गर्दा ओरालो घुम्तीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा अगाडि र पछाडि प्यासेजमा झोलासहित पर्यटक चढेका थिए । 

धारापानी सीमा प्रहरी चौकीका सई लोकबहादुर थापाका अनुसार दुर्घटनामा परेर ९ इजरायली नागरिक र २ जना नेपाली गरी ११ जना घाइते भएका थिए । गम्भीर घाइते भेरेड र भरिया खोटाङ जन्ते गाउँपालिकाका ३४ बर्षीय उत्तम राईलाई उपचारका लागि पठाइएको थियो । लमजुङका डीएसपी पदमबहादुर विष्टले उपचारका लागि ल्याउने क्रममा इजरायली नागरिकको बाटोमै मृत्यु भएको र पोष्टमार्टमको लागि काठमाडौं लगिएको बताए । उनका अनुसार राती काठमाडौं लगिएको शबलाई सडक जामका कारण काठमाडौं पुर्‍याउन नसकिएकाले धादिङको गल्छीबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको र शिक्षण अस्पताल पुर्‍याइएको छ । 

अहिले डाक्टरले मृत घोषणा गरी पोष्टमार्टमको लागि शिक्षण अस्पतालमै राखिएको डीएसपी विष्टले बताए । राईको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मनाङका डीएसपी बीरबहादुर पुलामीले घाइतेको हेलिकप्टरमार्फत उद्धार भइरहेको बताए ।
 
तस्बिर सौजन्य: राजेन्द्र नेपाली, ट्राफिक प्रहरी जवान, मनाङ ।

प्रकाशित : आश्विन २३, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?