कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्याक्सी दुर्घनामा एकको मृत्यु ३ घाइते

आनन्द गौतम

ताप्लेजुङ — तीर्थयात्री बोकेर पाथिभरा जाँदैगरेको ट्याक्सी सोमबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

चालक सहित चार जना घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट गएको मे १ ज १३०८ नक्बरको ट्याक्सी भालुगौडे भन्ने स्थानमा यात्रु ओराल्ने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

मोरङ उर्लाबारीकी २५ वर्षीया अनिता थापा घिमिरेको घटनास्थलमै मुत्यु भएको बस्नेतले बताए । उर्लाबारी-४ का २८ वर्षीय होमु घिमिरे,  २६ वर्षीय दिलिप घिमिरे र इलामका २३ वर्षीय चालक अमित श्रेष्ठ गम्भीर घाइते छन् । उर्लाबारी-८ का २३ वर्षीय अनिलजंग थापाको अवस्था भने सामान्य रहेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ । 

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ तर्फ ल्याइँदै गरेको छ । उक्त ट्याक्सीमा ६ जना सवार भएको र यात्रु ओराल्न पछाडि सार्ने क्रममा चिप्लिएर सडकबाट तल खसेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन २३, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?